नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा

क्रिकेट

काठमाडौं, बैशाख ८ । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा एक खेल अगाडी नै फाइनलमा पुगेको छ । नेपालले उपाधिका लागि नेदरल्याण्ड्ससँग नै खेल्नेछ । मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा सकिएपछि दुबैले एक एक अंक बाँडेका छन् ।

जसका कारण नेदरल्याण्ड्सले फाइनलमा स्थान बनायो भने नेपालले लिगको अन्तिम खेल खेल्न अगाडी नै फाइनलमा प्रवेश गरेको हो । वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाको आजको खेलमा डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।

तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो । ९२ रनको लक्ष्यमा मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल ’टाइ’ भएको थियो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए । भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए । यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । टोबीआस भिसी र बास डी लिडी सुन्य रनमा आउट भए । एन्टोनीयस स्टाल १० रनमा अविजित रहे । मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १÷१ विकेट लिए । बराबरीमा रोकिएसंगै मलेसिया भने बाहिरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0