युनाइटेडमा रोनाल्डोले ७ नम्बर जर्सी लगाउने

फुटबल

काठमाडौं। पोर्चुगलका ३६ वर्षीय स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन्। १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ ।

युनाइटेडमा यसअघि ७ नम्बरको जर्सी इडिन्सन काभानीले लगाउने गर्थे। यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए । काभानीले अब २१ नम्बरको जर्सी लगाउनेछन्। पाँच दिनको आइसोलेशन पूरा गरेपछि रोनाल्डोले टिमसँग अभ्यास गर्नेछन् ।

रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्। यस्तै रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प दिइएको समेत युनाइटेडले जनाएको छ। यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0