एमबाप्पेले विश्वकप छनोटका खेल गुमाउने

फुटबल

काठमाडौं। फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेले विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् ।एम्बाप्पेले युक्रेन र फिनल्यान्ड विरुद्धको खेल गुमाउने पक्का भएको विषयलाई फ्रेन्च फुटबल संघले जानकारी दिएको छ ।

बुधबार राति बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा एमबाप्पेको दायाँ खट्टाको मांशपेशीमा समस्या देखिएको थियो ।‘उनको मांशपेशीमा समस्या देखिएकाले हामीले उनलाई पिएसजी फर्कन अनुमति दिएका छौँ ।’ फ्रेन्च फुटबल संघले विज्ञप्तिमार्फत भनेको छ । विश्वकप युरोपियन छनोटको समूह ‘डी’मा रहेको फ्रान्स ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *