पाराल्याम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

समाचार

काठमाडौं : जापानको टोकियोमा जारी पाराल्याम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धन ऐतिहासिक पदकको एक कदम नजिक पुगेर इतिहास लेख्नबाट चुकेकी छन् । आज टोकियोमा सम्पन्न खेलमा चीनकी ली चेनसँग १२–९ ले पराजित भएपछि पलेसाको पारा ओलम्पिकमा पदक जित्ने सम्भावना समाप्त भएको हो ।

पहिलो राउन्ड ४-२ ले आफ्नो पक्षमा पारेकी पलेशा दोस्रो राउन्डमा ५-० पराजित भइन् । तेस्रो राउन्ड ५-५ को बराबरीमा सकिएपछि उनी कास्य जित्नबाट चुकेकी हुन् । त्यसअघि पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0