दोस्रो टी–२० मा पनि बंगलादेशले न्युजिल्यान्डलाई हरायो

क्रिकेट

ढाका : न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० मा बंगलादेश चार रनले विजयी भएको छ । मिरपुरस्थित शेरे बंगला नेसनल रंगशालामा बंगलादेशले दिएको १४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि टम लाथमले अविजित ६७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै विल योंगले २२ तथा ल म्याककोन्चीले १५ रन, राचिन रविन्द्रले १० रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। बंगलादेशका मेहदी हसन र शाकिब अल हसनले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। उसका लागि मोहम्मद नइमले ३९, महमुदुल्लाहले ३७ र लिटन दासले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिए ।

पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २–० को अग्रता लिएको छ । यसअघि पहिलो खेल बङ्गलादेशले सात विकेटले जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0