आईपीएलको शीर्ष स्थानमा उक्लियो चेन्नई, कोलकत्ता १८ रनले पराजित

क्रिकेट

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ । बुधबार राति मुम्बईमा भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । चेन्नईले दिएको २ सय २१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो ।

कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आन्द्रे रसेलले ५४ र दिनेश कार्तिकले ४० रन बनाए । चेन्नईका दिपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रुतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्र सिंह धोनीले १७ रन जोड्दा रविन्द्र जडेजा ६ रनमा अविजित रहे । कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले १÷१ विकेट लिए ।

जितसँगै चेन्नई ४ खेलमा ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने कोलकत्ता ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।त्यसैगरि बुधबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्सलाई ९ विकेटले पराजित गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0