फ्रान्स घरेलु टोली युक्रेनसँग १–१ गोलको बराबरीमा

फुटबल

काठमाडौं । विश्व विजेता फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह ’डि’ को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबै खाले प्रतियोगितामा लगातार ५औँ बराबर नतिजा निकालेको छ । घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औँ मिनेटमा अग्रता दिलाएका थिए । मार्सियलले ५०औँ मिनेटमा गोल गर्दै फ्रान्सको हार संकट टारे । फ्रान्स आफ्ना अट्याकर केलियन एम्बाप्पेबिना मैदान प्रवेश गरेको थियो । एम्बाप्पे चोटका कारण टोली बाहिर छन् ।

बराबरीका बावजुद फ्रान्स समूह ‘डि’को शीर्ष स्थानमा छ । पाँच खेलबाट नौ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको हो । समान ५–५ अंक रहे पनि फिनल्याण्ड र युक्रेन दोस्रो र तेस्रो स्थानमा छन् । समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौ स्थानमा छन् । समूह ‘डि’ को अन्य खेलमा फिनल्यान्डले काजकिस्तानमाथि १–० को जित हासिल गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0