मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सको शानदार जित

फुटबल

मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरोपियन छनोटमा शानदार जित निकालेको छ । शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो । नेदरयान्डको जितमा मेम्फिस डिपाएले २, जर्जियो विज्नाल्डमा र कोडी गक्पोले १–१ गोल गरे ।

बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका लागि ९ गोल गरेका छन् । टोलीका लागि उनको ३० औँ गोल थियो ।

खेलको ७० औँ मिनेटमा जर्जिनियो विजनाल्डमले अर्को गोल थपे । त्यसपछि कोडी गाक्पोले सुन्दर गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जितसँगै नेदरल्याण्ड्स १० अंकसहित दोस्रो स्थानमा छ । मोन्टेनेग्रो ७ अंकसहित चौथो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0