नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज, कस्ले मार्ला त बाजी ?

फुटबल

काठमाडौं । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ । साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा सहज जित निकाल्न चाहन्छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।

हालसम्म यी दुई टोलीले २० खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल मात्र २ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ ।
नेपाल र भारतले पहिलोपटक सन् १९८५ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए। यो खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

२५ सदस्यीय नेपाली टिम

गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : आयुष घलान, अञ्जन विष्ट, विशाल राई, कमल थापा, मनिष डाँगी, नितिन थापा, पुजन उपर्कोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज ठकुरी, तेज तामाङ
स्ट्राइकर : आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा

भारतीय टोली

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह
डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीष बोस, सेरिटन फर्नान्डेज
मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेससिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपीन सिंह
स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी

ativador office 2021

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0