नेपाली महिला टिम दशरथ रंगशालामा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

फुटबल

काठमाडौं, भदौ २० : एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। दशरथ रंगशालामा हुने खेल भदौ २४ र २७ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मैत्रीपूर्ण खेलको लागि खेलका लागि बंगलादेशको टिम भोलि बिहान काठमाडौं आइपुग्नेछ। खेल हेर्न चाहने दर्शकका लागि साधारण २०० र भीआईपी प्यारापिटका लागि ५०० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रभु पेबाट टिकट काट्न सकिने एन्फाले जनाएको छ ।

एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ। यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन्। नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र र हङकङसँग असोज ५ गते खेल्नेछ। महिला एसियन कप आउँदो वर्ष अर्थात् सन् २०२२ मा भारतमा हुँदैछ ।

नेपाली टिम : अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, श्रृजना सिंह

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *