नेपालको सुरुआती ११ सार्वजनिक, तीन खेलाडी परिवर्तन

फुटबल

काठमाडौं । भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धकै पहिलो मैत्रीपूर्ण खेलको टोलीमा तीन खेलाडी परिवर्तन गरेका हुन् ।

दोस्रो खेलमा उत्रने खेलाडीमा किरणचेम्जोङ, दिनेश राजवंशी, अनन्त तामाङ, गौत्तम श्रेष्ठ, सुजल श्रेष्ठ, पुजनउपरकोटी, तेज तामाङ, सुमन लामा, मनीष डांगी, आयुष घलान र आशिष लामा रहेका छन् । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा लामा, डाँगी र श्रेष्ठले मौका पाएका हुन् ।

गोलकिपर : किरण चेम्जोङ (कप्तान)
रक्षक : अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, गौतम श्रेष्ठ ।
मिडफिल्डर : पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा ।
फरवार्ड : अशिष लामा, आयुष घलान, मनिष डाँगी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0