भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

फुटबल

काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए । चिङलेनसेनाको लामो क्रसमा कप्तान सुनिल क्षेत्रीले दिएको हेडिङ पासलाई नियन्त्रणमा लिदै फारुखले बललाई पोस्टकाे दिशा दिएका थिए ।

८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए। लगभग मध्यभागमा अनिरुद्ध थापाले हेडमाफर्त दिएको पास नियन्त्रणमा लिदै अघि बढेका सुनिलले ‘वान भर्सेस वान’मा सहज गोल गरेका थिए ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । योसँगै नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0