सुनिल क्षेत्रीले किन नेपालबिरुद्ध गोल गरेपछि सेलिब्रेशन गरेनन् ?

फुटबल

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भारतको जीतमा फारुख चौधरी र सुनिल क्षेत्रीले १-१ गोल गरे । नेपालका तेज तामाङले सान्त्वना गोल फर्काए । सबै गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। खेलको ८०औं मिनेटमा नेपाली डिफेन्सलाइन खाली भएको अवस्थामा काउन्टर मुभ बनेपछि कप्तान सुनिल क्षेत्रीले मध्यभागबाट एक्लै बल अघि बढाउँदै वान भर्सेस् वानको स्थितिमा गोल गरे र भारतलाई २-० ले अघि बढाए ।

सुनिलको यो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल हो । त्यसैगरी दशरथ रङ्गशालामा नेपालविरुद्ध यो उनको पहिलो गोल हो । सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् । सुनिलकी आमाले कुनै समय नेपालको महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
3
+1
1
+1
1
+1
4

Leave a Reply

Your email address will not be published. Required fields are marked *