भारतसँगको पराजयपछि पनि खुसि नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरी

फुटबल

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भारतको जीतमा फारुख चौधरी र सुनिल क्षेत्रीले १-१ गोल गरे । नेपालका तेज तामाङले सान्त्वना गोल फर्काए । सबै गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। खेलको ८०औं मिनेटमा नेपाली डिफेन्सलाइन खाली भएको अवस्थामा काउन्टर मुभ बनेपछि कप्तान सुनिल क्षेत्रीले मध्यभागबाट एक्लै बल अघि बढाउँदै वान भर्सेस् वानको स्थितिमा गोल गरे र भारतलाई २-० ले अघि बढाए ।

सुनिलको यो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल हो । त्यसैगरी दशरथ रङ्गशालामा नेपालविरुद्ध यो उनको पहिलो गोल हो । खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरूले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको बताए छन् । उनले नतिजा बिर्सँदा नेपाली टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘आज हामीले राम्रो खेल्यौं । रिजल्टलाई बिर्सनुस् म खुशी छु’ उनले भने ।

‘हामीले राम्रो खेल्यौँ। खेलमा नियन्त्रण बनायौँ। तर, फिनिसिङमा कमजोरी रह्यो’, अलमुताइरीले भने, ‘हारबाट डराउनु हुँदैन।’ उनले अगाडि थपे, ‘भोलि बिहान जब म उठने छु, मलाई मात्र याद हुनेछ कि मसँग २५ गोर्खालीहरु छन्।’ उनले आफूले साफका लागि पनि अन्य खेलाडी विकल्पको रूपमा राखेकाले आज भएका कमजोरीमा कुन खेलाडी उपयुक्त भूमिका हुनसक्छ भन्ने आफूले मुल्याङ्कन गरेको बताए ।

“हामीले साफ फुटबललाई ध्यानमा राखेर मैत्रीपूर्ण खेल खेलेका हौँ । आजको हारले हामी त्यति निरुत्साही हुनुपर्ने अवस्था पनि छैन । हाम्रो सबै खेलाडी तयारी हुन नै बाँकी छ । रोहितको कमी पनि महसुस भएको छ । अनि सुजलपनि राम्रोसँग सन्चो हुन बाँकी छ,” अलमुताइरीले भने ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged