यसकारण खेल सुरु भएको ५ मिनेटमै रोकियो ब्राजिल र अर्जेन्टिनाबिचको खेल

फुटबल

एजेन्सी। फिफा विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल खेल शुरु भएको केही मिनेटमा नै स्थगित भएको छ । अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो ।

स्वास्थ्य अधिकारीका अनुसार इंग्ल्याण्डमा खेल्ने खेलाडीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भए पनि उनीहरुले त्यो नगरेको दाबी गरेका छन् । जसमा इमिलियानो बुइन्डिया, इमिलियानो मार्टिनेज, गियोभानी सिल्सो र क्रिस्टियन रोमेरो रहेको बताइएको छ ।

मार्टिनेज, सेल्सो र रोमेरोले अर्जेन्टिनाको सुरुवाती ११ बाट नै खेलेका थिए । खेल रोकिएको करिव एक घण्टापछि दक्षिण अमेरीकी फुटबल महासंघले खेल स्थगित भएको आधिकारिक जानकारी दिएको छ।  ब्राजिलको नियम अनुसार बेलायतबाट आउने नागरिकले अनिवार्य १४ दिनको क्वारेन्टिन बस्नुपर्ने भनिएको छ । तर प्रिमियर लिग खेल्ने ती खेलाडी १४ दिन क्वारेन्टिन नबसेर नै यो खेलका लागि आएको स्वास्थ्यकर्मीले बताएका थिए ।

रोकिउको खेल अब कहिले हुन्छ भन्ने सार्वजनिक गरिएको छैन । विश्वकप छनौटअन्तर्गत लेटिन अमेरिकी समुहको अर्को खेलमा उरुग्वेले बोलिभियालाई ४–१ ले हराउँदा पाराग्वे र कोलम्बियाले १–१ गोलको तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
2