राजस्थानलाई १० विकेटले पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

आईपिएल क्रिकेट

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वेन्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना कुनै विकेटको नोक्सानीमा पूरा गर्‍यो । बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले ।

कप्तान विराट कोहलीले अविजित ७२ रन जोडे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

उसका लागि शिवम दुबेले सर्वाधिक ४६ रन जोडे । जितसँगै बैंगलोर ४ खेलबाट ८ अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ । समान खेलबाट २ अंक मात्रै जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.