अर्मेनियाको पोष्टमा जर्मनले गर्‍यो आधा दर्जन गोल

फुटबल

एजेन्सी । फिफा विश्वकप छनोटमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । घरेलु मैदानमा जर्मनीले आइतबार राति भएको खेलमा अर्मेनियालाई ६–० ले हरायो ।

जर्मनीलाई शानदार जित दिलाउन सर्ज गिनाब्रीले २, मार्को रिउस, टिमो वेर्नर, जोनास होफम्यान र करिम एडियमीले १–१ गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गरेका थियो भने दोस्रो हाफमा दुई गोल थपेको थियो ।

जितसँगै जर्मनी समूह ‘जे’को शीर्ष स्थानमा उक्लिएको छ । जर्मनीले ५ खेलबाट १२ अंक जोडेको छ । अर्मेनिया १० अंक जोडेर दोस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0