इटालीद्वारा ३६ खेलको अपराजित कीर्तिमान बराबर

फुटबल

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इटालीले बराबरी खेल्दै अंक बाडेको छ । यो सँगै इटालीले विश्व फुटबलमा एक खास कीर्तिमान कायम गरेको छ । युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ ।

इटालीले ब्राजिल र स्पेनले बनाएको ३५ खेलको कीर्तिमानलाई भंग गरेको हो । ब्राजिलले सन् १९९३ देखि १९९६ र स्पेनले २००७ देखि २००९ सम्म यो उपलब्धि हात पारेका थिए ।

इटाली सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० पराजित भएको थियो । त्यसयता इटाली कुनै खेलमा पराजित भएको छैन ।

यो बराबरीसँगै इटालीले ५ खेलमा ११ अंक जोडेको छ । समूह ‘सी’मा रहेको इटाली अंक तालिकाको शीर्ष स्थानमा छ । स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा बुल्गेरिया छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0