अचानक नेपाली प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

फुटबल

काठमाडाैं। नेपालसहित दक्षिण एसियाका चारवटा देश विश्व फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले हरेक दुई वर्षमा विश्व कप आयोजना गर्ने प्रस्तावको पक्षमा उभिएका छन् ।

गत मेमा भएको फिफाको कंग्रेसले हरेक दुई वर्षमा विश्व कप आयोजना गर्ने प्रस्ताव गरेको थियो । तर, युरोपका विकसित केही देशले भने यो प्रस्ताव अस्वीकार गरेका थिए । तर, दक्षिण एसियाका नेपालसहित बंगलादेश, माल्दिभ्स र श्रीलंका सो प्रस्तावको पक्षमा रहेको रोयटर्सले बताएको छ ।

यी चार देशसहित १६६ वटा राष्ट्र फिफाको सो प्रस्तावको पक्षमा उभिएका छन् । ‘चार वर्षको यो अन्तर धेरै ठूलो छ । दुई वर्षे विन्डो धरै राम्रो छ । यसले ठूलो पुस्ताले पाउने अवसर भने निकै कम हुन्छ’, चार देशको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

हाल हरेक चार वर्षमा हुने फिफा विश्व कपमा चारवटा देशले एसियाबाट सहभागिता पाउनेछन् । आगामी संस्करणको विश्व कप कतारमा आयोजना हुँदै छ, जहाँ ३२ राष्ट्रको सहभागिता हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *