नेपालले फिफालाई भन्यो : ‘फुटबल विश्वकप दुई–दुई वर्षमा आयोजना हुनुपर्छ’

फुटबल

काठमाडाैं। नेपालसहित दक्षिण एसियाका चारवटा देश विश्व फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले हरेक दुई वर्षमा विश्व कप आयोजना गर्ने प्रस्तावको पक्षमा उभिएका छन् । नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फुटबल संघहरूले संयुक्त प्रेस वत्तव्य जारी गर्दै आफुहरू अन्तर्राष्ट्रिय फुटबलको क्यालेन्डर परिवर्तन गर्ने प्रस्तावको पक्षमा रहेको बताएका छन् ।

विश्वकप आयोजना चार वर्षको अन्तरालमा मात्र हुँदा धेरै भन्दा धेरै मुलुकले सहभागिता जनाउन मुस्किल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष लगायतका दक्षिण एसियाली फुटबल नेताहरूको निश्कर्ष छ । ‘विश्वकप चार–चार वर्षमा मात्रै हुँदा हाम्रा प्रतिभाहरूले खेल्न मौका पाउने सम्भावना झिनो हुन्छ ।

विश्वकपमा सीमित एसियली टिमले मात्रै भाग लिएका छन् । जबकि फुटबल खेलको विकास र विस्तारका लागि मुख्य भूमिका नै विश्वकपको रहन्छ । यस्तोमा विश्वकप थोरै अन्तरालमा गर्नसके धेरै मुलुकले भाग लिन पाउने सम्भावना रहन्छ । जसकारण हाम्रा युवा खेलाडीहरूले विश्वकप खेल्ने सपना बुन्न सक्छन्,’ वत्तव्यमा भनिएको छ ।

गत मेमा भएको फिफाको कंग्रेसले हरेक दुई वर्षमा विश्व कप आयोजना गर्ने प्रस्ताव गरेको थियो । तर, युरोपका विकसित केही देशले भने यो प्रस्ताव अस्वीकार गरेका थिए । हाल हरेक चार वर्षमा हुने फिफा विश्व कपमा चारवटा देशले एसियाबाट सहभागिता पाउनेछन् । आगामी संस्करणको विश्व कप कतारमा आयोजना हुँदै छ, जहाँ ३२ राष्ट्रको सहभागिता हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0