नेपालले आज पीएनजीसँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै, कस्ले मार्ला त बाजी ?

क्रिकेट

काठमाडाैं। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी)को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

पहिलो एक दिवसीयमा नेपालले अनुभवी खेलाडीलाई आराम दिन सक्नेछ । उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई चोटका कारण आराम दिइने बुझिएको छ । ज्ञानेद्र मल्लको कप्तानीमा रहेको नेपाल यस अघि नै ओमान पुगेको थियो । नेपालले करिब दुई हप्ता ओमानको मौसमसँग घुलमिलकाे तयारी गरेको थियो ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब

पीएनजीको टिम : किप्लिन डोरिगा(विकेटकिपर), अस्सद वाला, चाल्र्स अमिनी, सीसी बाउ, सिमन अताई, जेसन किला, चाड सोपेर, लेगा सियाका, काबुआ मोरिया, नोर्मन भानुअ, हिरी हिरी, नोसैना पोकना, गउडी टोका, टोनी उरा, डमिन रावु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *