नेपाल भर्सेज पिएनजी ! ‘हेड टु हेड’ मा कमजोर नेपाल

क्रिकेट

काठमाडाैं। आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार ओमान अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो । नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको छ । नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो ।

अहिलेसम्मका ४ भेटको नतिजाले नेपालभन्दा पीएनजीलाई बलियो देखाएको छ । नेपालले पीएनजीविरूद्ध एक मात्र जित निकालेको छ ।नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।

त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो । यस्तै २०१५ मा यूएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब

पपुवा न्युगिनीको टिम : किप्लिन डोरिगा(विकेटकिपर), अस्सद वाला, चाल्र्स अमिनी, सीसी बाउ, सिमन अताई, जेसन किला, चाड सोपेर, लेगा सियाका, काबुआ मोरिया, नोर्मन भानुअ, हिरी हिरी, नोसैना पोकना, गउडी टोका, टोनी उरा, डमिन रावु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0