नेपाल र पिएनजीबिचको खेल कसरी हेर्ने लाईभ ?

क्रिकेट

काठमाडाैं। नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो ।

खेल ओमनस्थित अलअमेरत स्टेडियममा आज नेपाली समय अनुसार दिउँसो सवा ११ बजेबाट खेल सुरु हुनेछ। नेपाल र पपुवा न्यूगिनीबिचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सले गर्ने छ । इन्टरनेमा फ्यान कोडको एप्सबाट हेर्न सकिने छ ।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो। नेपालले १९ महिनापछि एकदिवसीय खेल खेल्दैछ । उसले पछिल्लोपटक लिग–२ अन्तर्गत २०७६ को माघ २९ मा अमेरिकासँग घरेलु मैदानमै खेलेको थियो ।

यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ । पछिल्लो तथ्यांकमा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ । यी दुईले सन् २००५ मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । जसमा पपुवा न्युगीनी ७० रनले विजयी भएको थियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1