बार्सिलोनाको शानदार जित, मेस्सीको उत्कृष्ट प्रदर्शन

फुटबल

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै बार्सिलोना ३१ खेलमा ६८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंकसहित १५औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0