पिएनजीले नेपाललाई दियो १३५ रनको लक्ष्य, नेपालले भेटाउला त ?

क्रिकेट

काठमाडौं : नेपाललाई पपुवा न्यु गिनी(पीएनजी) ले १३५ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाएको हो।

पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रन बनाए । त्यस्तै चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभर बलिङ गर्दै ३५ रन दिएर चार विकेट लिए। यस्तै बिक्रम शोब, सोमपाल कामी र कुशल मल्लले समान २-२ विकेट हात पारे।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावाकर, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब, कुशल मल्ल, पवन सर्राफ र सन्दीप लामिछाने

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0