रोहित र सोमपाल चम्किँदा नेपालको जितका

क्रिकेट

काठमाडौं । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ । नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए ।

बलिङमा पिएनजीका गौडी टोकाले ३ विकेट लिए। डामियन राभू र चाड सोपरले २-२ विकेट हात पारे। यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको थियो ।

पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।

बलिङतर्फ पनि नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिन सफल भए । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0