नेपालमा पहिलोपटक फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल सुपर लिग हुने

भलिबल

काठमाडौं । नेपाल सुपर लिग (एनसीएल) भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिबल संघ र आयोजकबीच मंगलबार लिग आयोजना गर्न सम्झौता भएको हो ।

नेपाल भलिबलको नियमन निकाय नेपाल भलिबल संघ (एनभीए) र नेपाल स्पोर्टस् तथा इभेन्टस् म्यानेजमेन्ट कम्पनीबीच फ्रेन्चाइज भलिबल लिगको लागि १० वर्षे सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा नेपाल स्पोर्टस् म्याजेनमेन्ट कम्पनीका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे ।

संघले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टलाई जनशक्ति, कभर्डहल, विदेशी एंव स्वदेशी खेलाडीहरूको व्यवस्थापन गर्नेछ। लिगबाट भएको नाफाको ३० प्रतिशत संघले पाउनेछ। प्रथम संस्करण २०२१ को नोभेम्बर १७ देखि डिसेम्बर १७ तारिखसम्म हुनेछ। प्रतियोगितामा भाग लिने टिमको बारेमा अहिले जानकारी दिइएको छैन।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *