हालान्डको ह्याट्रिकमा नर्वेको सहज जित

फुटबल

एजेन्सी । विश्वकप अन्तर्गत युरोपेली छनोट खेलमा पोर्चुगलले सहज जित निकालेको छ । मगलबार राति सम्पन्न खेलमा अजरवैजानलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सहज जित निकालेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भाले २६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै आन्द्रे सिल्भाले ३१ औं मिनेटमा अर्को गाल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । खेलको ७५ औं मिनेटमा जोटाले एक गोल थप्दै टिमको जित सुनिश्चित गरे । पोर्चुगल कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको थियो ।

रिपब्लिक अफ आयरल्याण्डविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा रोनाल्डोले दोस्रो पहेलो कार्ड खाएका थिए । जितसहित पोर्चुगल समूह एको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा तीन खेल खेल्न बाँकी रहेको पोर्चुगलले अक्टोबर १२ मा लक्जवर्गसंग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0