‘बंगलादेशबिरुद्ध नेपाली टिम बलियो छ’ : ग्यारी फिलिप्स

फुटबल

काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको पूरै टिम बलियो भएको बताएका छन् ।

बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेनमा उनले टोलीमा अनुभवीका साथै ७ नयाँ युवा खेलाडीको समिश्रण रहेकाले सबै खेलाडी बलिया रहेको बताएका हुन्। “हामीसँग भएका सबै खेलाडीहरु उत्कृष्ट फममा छन् । सात जना नयाँ अनुहारले झनै टिमलाई बलियो बनाएको छ । बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ,” प्रशिक्षक फिलिप्सले भने ।

‘यो कठिन समय हो र महामारीको बेला पनि खेल्न पाउनु हाम्रो लागि अवसर हो र एशियन कपको लागि तयारी गर्ने अवसर हो । हामी हाम्रो बाटोमा छौं, टिम कहाँ छ भनेर थाहा पाउने अवसर हो । मैत्रीपूर्ण फुटबलका लागि तयार छौं’ फिलिप्सले बुधबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा भने ।

प्रशिक्षक फिलिप्सले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल खेल्नु विश्वभर नै चुनौतीपूर्ण रहेका बेला नेपालले खेल्न पाउनु राम्रो अवसर रहेको पनि बताए। ‘कोरोना भाइरस तथा चोटका कारण तयारी प्रभावित भए पनि मैत्रीपूर्ण खेल र छनोटका लागि नेपाल तयार छ।बंगलादेशसँगको खेलले हामीलाई धेरै फाइदा हुनेछ,’ उनले भने।

नेपालले एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट खेलअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ। यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन्। नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र र हङकङसँग असोज ५ गते खेल्नेछ। महिला एसियन कप आउँदो वर्ष अर्थात् सन् २०२२ मा भारतमा हुँदैछ ।

नेपाली टिम : अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, श्रृजना सिंह

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *