एभरेष्ट प्रिमियर लिगको तालिका सार्वजनिक, १४० देशमा प्रतक्ष्य प्रसारण हुने

क्रिकेट

काठमाडौं, भदौ २३ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रियट्सविच प्रतिस्पर्धा हुने भएको छ ।

असोज ९ बाट सुरु हुने इपिएलको चौथो संस्करणमा साविक विजेता ललितपुरले काठमाडौंसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने छ । असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन् ।

विभिन्न सहरका ६ फ्रेन्चाइज टोलीको सहभागितामा हुने प्रतियोगिता असोज २३ सम्म चल्नेछ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ । यो पटक यो प्रतियोगिताको प्रशारण विश्वका एक सय ४० भन्दा बढि देशमा हुने बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
6
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.