नेपाल र बंगलादेश आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै, कस्ले मार्ला त बाजी ?

फुटबल

काठमाडौं, २४ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बिहीबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपाल र बंगलादेश बिचको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।

नेपाली महिला टिमले घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेका हुन् । साथै, नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्न लागेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय तय गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0