नेपाल भर्सेज बंगलादेश ! यसरी हेर्नुस घरमा बसीबसी प्रत्यक्ष प्रसारण

फुटबल

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने लागेको हो । नेपाल र बंगलादेश बीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेल डिशहोमको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ । नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन । यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुने बताइएको छ । नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ ।

प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षकले आफ्नो पक्षमा नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया दिए । दुई मैत्रीपूर्ण खेलका लागि बंगाली महिला फुटबल टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई पनि अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ। यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0