दशरथ रंगशालामा डेब्यु गर्दै नेपाली महिला फुटबल टोली

फुटबल

काठमाडौं । नेपालको महिला फुटबल टोलीले आज (बिहीबार) बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ। बंगलादेश विरुद्ध मैदान उत्रदा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा डेब्यु गर्नेछ ।

नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन । यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुने बताइएको छ । नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ ।

आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै नेपलाी टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिपले खेलका लागि तयार रहेको बताए । कोभिडका कारण परिस्थिति अनुकुल नभएको समयमा खेल्न पाउनु ठुलो अवसर भएको उनको भनाइ छ । पछिल्लो ६ सातादेखि टिम बन्द प्रशिक्षणमा रहेको भन्दै ग्यारीले टिममा आन्तरिक प्रतिस्पर्धा तीव्र रहेको बताए । प्रतिस्पर्धा तीव्र हुदा टिमलाइ फाइदा हुने उनको भनाइ थियो ।

दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । त्यसपछि नेपाल उज्वेकिस्तान जानेछ । नेपालले छनोट खेलमा १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ म हङकङसँग खेल्नेछ । नेपाल सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *