नेपाल सुपर लिग : उद्घाटनमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिग फुटबल

काठमाडौं, ११ वैशाख । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आज साँझ साढे ५ बजेबाट हुनेछ । उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

पहिलो संस्करणको लिगमा ७ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको दौरान खेलाडीमा कोरोना देखिएमा अरु खेलाडी अनुबन्ध गर्न पाईने नियम समेत बनाइएको छ । लिगको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0