टी-२० विश्वकपका लागि भारतको टोली घोषणा, को को परे ?

क्रिकेट

काठमाडौं : आगमी अक्टोबर-नोभेम्बरमा युएई र ओमानमा हुने टी २० विश्वकपको लागि भारतीय टोलीको घोषणा गरिएको छ। भारतीय क्रिकेट बोर्डले कप्तान विराट कोहलीको नेतृत्वमा बुधबार भारतीय टोलीको घोषणा गरेको हो।

बीसीसीआई सचिव जय शाहक अनुसार भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई टोलीको ‘मेन्टर’ नियुक्त गरिएको छ। टिममा अनुभवी खेलाडी रविचन्द्रन आस्विनलाई ४ वर्षपछि बोलाइएको छ।

भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ । सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

भारतीय टिम : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, रिशव पन्त (विकेटकिपर), इशान किसन (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आस्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहमद सामी
वैकल्पिक : श्रेयस इयर, शार्दूल ठाकुर, दीपक चाहर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *