बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको जित

फुटबल

काठमाडौं, भदौ २४ : डेब्यू खेलमै प्रीती राई र सबिता रानाले गरेका गोलसँगै नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेकाे छ । पहिलो पटक दशरथ रंगशालामा उत्रिएको नेपाली महिला टोलीले विजयी शुरुवात गरेको हो ।

पहिलो हाफमा नेपालले बंगलादेशमाथि २-० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो । खेलको १४ मिनेटमा सविता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
उनले डिबक्सभित्रबाट हेडमार्फत गोल गरेकी थिइन्। खेलको २३ मिनेटमा अर्की डेब्यू खेलाडी प्रिती राईले नेपालको अग्रता दोब्बर पारेकी थिइन्।

८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरेपनि हार टार्न सकेन । नेपालले एएफसी महिला एशियन कप – २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0