मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

फुटबल

काठमाडाैं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई सानदार जित दिलाउको लागि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको १४ औं, ६४ औं र ८८ औं मिनेटमा गोल गरे । मेसीले खेलको १४औं मिनेटमा लियान्द्रो पेरेडेजको पासमा गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

६४औं मिनेटमा मेस्सी नै गोल गर्दै अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा गोल गरेका थिए । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा छ । पराजित बोलोभियो ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । आज नै भएको अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले हराएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0