मेस्सीले गरे पेलेको कीर्तिमान भंग

फुटबल

काठमाडाैं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को जित दर्ता गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए। मेसीले खेलको १४औं मिनेटमा लियान्द्रो पेरेडेजको पासमा गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

खेलको ६४औं मिनेट र ८८औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। यो ह्याट्रिकसँगै उनी राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी फुटबलर बनेका छन् । उनले ब्राजिलका पेलेको ७७ गोलको कीर्तिमान भंग गरेका हुन् । मेस्सीले राष्ट्रिय टिमबाट ७९ गोल गरेका छन् । ब्राजिलका पेलेले राष्ट्रिय टिमका लागि ७७ गोल गरेका थिए ।

यो जीतसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *