विश्वकप छनोटमा ब्राजिलको लगातार आठौं जित

फुटबल

काठमाडाैं । ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुमाथि जीत दर्ता गरेको छ । छनोटमा लगातार आठौं जित निकाल्ने क्रममा घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकाल्दै विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेकाे हाे ।

ब्राजिलको जितमा खेलको १४औं मिनेटमा ब्राजिली क्लब फ्लामेङ्गोका मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट ब्राजिलले खेलमा अग्रता लिएको थियो ।

४०औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । जीतसँगै ब्राजिल २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अपराजित अर्जेन्टिनाको १८ अंक छ । पराजित पेरु ८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.