नेपाली फुटबल टिम कतार प्रस्थान, दुई साता प्रशिक्षण गर्ने

फुटबल

काठमाडाैं । आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ। नेपाली टिम आज बिहान ११ः१५ बजे कतार प्रस्थान गरेको हो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् ।

यही असोज १५ गतेबाट सुरु हुने १३औं साफ च्याम्पियनशीपका लागि नेपाली टोली असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । पाँचवटा देशहरु सहभागी रहने साफ खेल असोज १५ गतेदेखि असोज ३० गतेसम्म माल्दिभ्सको मालेमा आयोजना हुँदैछ ।

साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सँग नेपालले असोज १५ गते पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग र असोज २४ गते साफको सर्वाधिक बलियो टोली भारतसँग खेल्नेछ । नेपालले हालसम्म साफ च्याम्पियनशीपमा सेमिफाइनल पार गर्न भने सकेको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0