‘म बिदा मनाउन म्यान्चेस्टर आएको होइन, उपाधी जित्न आएको हुँ’ : रोनाल्डो

फुटबल

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् । रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडबाट खेल्दै छन् ।

खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए । रोनाल्डोले म्यानचेस्टर युनाइटेडको आधिकारिक वेबसाइटलाई भनेका छन्, ‘म सक्षम छु । खेलका लागि तयार छु ।’ रोनाल्डोले आफू जित्नकै लागि युनाइटेड आएको बताए । ‘जित्नु महत्वपूर्ण कुरा हो र मैले धेरै वर्षअघि यसअघि यहाँको जर्सी लगाइसकेको छु । तर म यहाँ फेरि जित्न आएको हुँ ।’ रोनाल्डोले भने ।

‘यो मेरो लागि, समर्थकका लागि, क्लबका लागि एक स्टेप अघि बढ्ने यो राम्रो अवसर हो ।’ उनले भने, ‘म तयार छु र मेरो विचारमा अबको ३-४ वर्षमा युनाइटेडका लागि ठूलो विषय बन्नेछु ।’ म्यानचेस्टर सिटीलाई पछि पारेर म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई युभेन्टसबाट १२.८ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged