पीएनजीविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै, तीन खेलाडी परिवर्तन

क्रिकेट

ओमान । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केही बेरमा पपुवा न्युगिनिसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । पहिलो एकदिवसीयमा खेलेका शरद भेषवाकर, आरिफ शेख र पवन सरार्फ आउट हुँदा विनोद भण्डारी, करन केसी र सुसन भारीले टिममा स्थान बनाएका छन् ।

डे–नाइट म्याच फ्लड लाइटमा हुने हुँदा नेपालको लागि केही फरक हुन सक्छ । नेपालले यसअघि टी–२० आई म्याच फ्लड लाइटमा खेलिसकेको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप नेपालले फ्लडलाइटमै खेलेको थियो । तर ओडीआईमा भने नेपालले पहिलो पटक फ्लडलाइटमा खेल्न लागेको हो ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0