रोहितको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा पपुवा न्यूगिनीलाई २३४ रनको लक्ष्य

क्रिकेट

तस्वीर सौजन्य: एनएसजेएफ

काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २३४ रनको चुनौतपूर्ण लक्ष्य दिएको छ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनायो ।

नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

नेपलका लागि करण केसीले ४२ रन बनाए । उनले २६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । विनोद भण्डारीले नेपालका लागि १७ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाए ।

पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए। चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0