सन्दीप लामिछानेले करियरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीबिरुद्ध नेपालको शानदार जित

क्रिकेट

काठमाडौं, भदौ २५ : सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा १ सय ५१ रनको कीर्तिमानी जित हात पारेको छ।

नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो। पीएनजीका लागि कार्लेस अमिनीले १६ रन बनाए । त्यस्तै नोर्मान भानुवाले १२ रन जोड्दा गाउडी टोकाले १० रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले समान एक–एक विकेट लिए । उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए। यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिनु थियो।

यसअघि पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपाल ४९.३ ओभरमा अल आउट हुदै २३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

नेपालका लागि करण केसीले ४२ रन बनाए । उनले २६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । विनोद भण्डारीले नेपालका लागि १७ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाए । पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए। चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0