पपुवा न्यगिनीबिरुद्ध सन्दीपले बनाए कर्तिमान, ‘म्यान अफ द म्याच’ समेत घोषित

क्रिकेट

काठमाडौं । पपुवा न्युगिनीबिरुद्धको दोस्रो खेलमा नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले किर्तिमान बनाएका छन् । एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिएर ६ विकेट लिए । उनले दोस्रोपटक ओडीआईमा ६ विकेट लएका हुन्। सन्दीपले यसअघि सन् २०२० मा भएको आईसीसी डिभिजन–२ अन्तर्गत यूएसएविरुद्धको खेलमा ६ ओभर बलिङ गर्दै ६ विकेट लिएर १६ रन खर्चेका थिए ।

नेपालबाट पहिलो पटक ५ विकेट लिने बलर भने सोमपाल कामी हुन्। उनले युएईविरुद्ध दुबईमा २३ जनवरी २०१९ मा यो सफलता पाएका थिए। अहिलेसम्म यी २ खेलाडीले मात्र एउटै खेलमा ५ विकेट लिएका छन्। योसँगै सन्दीपको विकेट संख्या ३२ पुगेको छ। यो खेलमा सन्दीप ‘म्यान अफ द म्याच’ समेत घोषित भएका छन् ।

नेपालको जित

नेपालले पपुवा न्युगिनीलाई १५१ रनले पराजित गरेर सिरिज २-० ले जितेको छ । ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged