यी हुन् इंग्लिस प्रिमियर लिगमा आज हुने ८ खेल

फुटबल

काठमाडौं, २६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) ८ खेलहरु हुँदैछन् ।पहिलो खेल म्यानचेस्टर सिटी र लेस्टर सिटी बिच हुँनेछ । लेस्टर सिटीको घरेलु मैदानमा हुने उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

यस्तै, म्यानचेस्टर युनाईटेड र न्युकासल युनाईटेड बिचको खेल पनि राति ७ः४५ बजे सुरु हुनेछ । यस खेलमा १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ ।साथै, १०ः१५ बजे हुने खेलमा चेल्सी र एस्टन भिल्ला खेल्दैछन् । खेल चेल्सीको घरेलु मैदानमा हुनेछ ।

यस्तै आजै राति क्रिस्टल प्यालेस र टोटेनहम भिड्दैछन् । आर्सनलले नर्विच सिटी सँग घरेलु मैदानमा खेल्नेछ । साथै ब्रेन्टफोर्डले ब्राइटन सँग वाट्फोर्डले उल्भ्स, तथा साउथह्याम्पटनले वेस्ट ह्यामसँग आजै खेल्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0