बंगलादेशका तमिम इकवालले भैरहवा ग्लाडिएटर्सबाट ईपीएल खेल्ने

क्रिकेट

काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । क्लबले शनिबार तेस्रो विदेशी खेलाडीका रूपमा इकबाललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि उसले श्रीलंका पूर्व कप्तान तथा ब्याट्सम्यान उपुल थरंगा र तीव्रगतीका बलर धाम्मिका प्रशादलाई भित्र्याएको थियो । दिनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण नआउने जानकारी दिई सकेको छ । भैरहवाका मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानाइके छन्।

३२ वर्षीय बायाँहाते तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशबाट ६४ टेस्ट, २१९ ओडीआई, ७८ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ३५ वर्षीय तमिम बंगलादेशबाट टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी टि-२० अन्तर्राष्‍ट्रियमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।

तमिमले टि-२० अन्तर्राष्‍ट्रियमा १ शतक र ७ अर्धशतक सहित १ हजार ७५८ रन बनाएका छन् । उनी बंगलादेशबाट टि-२० अन्तर्राष्‍ट्रियमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन् । तमिमले २०१६ को टि-२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १०३ रनको अविजित शतकीय इनिङ सहित इतिहास रचेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged