रोनाल्डोको दुई गोलमा म्यानचेस्टर युनाइटेडको सानदार जित

फुटबल

काठमाडौं : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ। शनिबार युनाइटेडले न्युक्यासललाई ४–१ गोलले पराजित गरेको हो ।

युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । १२ वर्षपछि आफ्नो पुरानो क्लबमा फर्किएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

५६ मिनेटमा न्युकासलका जाभियर मानक्युलोले बराबरी गोल फर्काए। ६२ मिनेटमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले दोस्रो पटक अग्रता लिन सफल भयो। युनाइटेडका लागि ८० मिनेटमा फर्नान्डेज तेस्रो गोल र दोस्रो हाफको इन्जुरी टाइममा लिङ्गार्डले चौथो गोल गरे।

यो जितसँगै युनाइटेड चार खेलमा १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ भने न्युक्यासल समान खेलमा एक अङ्कसहित १९ औँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0