नेपाल र बंगलादेशको बिच आज दोस्रो खेल हुँदै, कस्ले जित्ला खेल ?

फुटबल

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेल जित्दै नेपाल श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्छ ।

बिहिवार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले अभ्यास स्वरुप बंगलादेशसँ ग दुई मैत्रिपूर्ण खेल खेलिरहेको हो ।

एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुनेछ । नेपालको समूह ‘एफ’ मा फिलिपिन्स र हङकङ रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0