इतिहास रच्दै १८ वर्षीया राडुकानुले जितिन् यूएस ओपनको उपाधि

टेनिस

एजेन्सी : १८ वर्षको कलिलो उमेरमै युएस ओपन टेनिस जितेर इतिहास रचेकी बेलायतकी इमा रडुकानुले उपाधिसँगै २.४ मिलियन अमेरिकी डलर पुरस्कार हात पारेककी छिन् । यो २९ करोड ३० लाख नेपाली रुपैयाँ हो । इमाले गएराति युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी हुन् । उनले क्यानडाकी लेइला फर्नान्डेजलाई सोझो सेटमा पराजित गरेकी थिइन् ।

अमेरिकाको न्युयोर्कमा भएको खेलमा इमाले १९ वर्षीया लेइलालाई ६–४ र ६–३ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि उचालेकी हुन् । इमाले जितेको यो उपाधि बेलायतका लागि ४४ वर्षपछि महिलातर्फ ग्रान्डस्लामको उपाधि हो । पछिल्लो पटक भर्जिनिया वेडले सन् १९७७ मा विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् ।

इमा सन् २००४ पछि ग्रान्डस्लामको उपाधि जित्ने सबैभन्दा कान्छी खेलाडीसमेत बनेकी छिन् । उनले ५ वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेकी थिइन् । रुमा रोमानियन बाबु र चाइनिज आमाकी सन्तान हुन् । उनको जन्म भने क्यानडामा भएको थियो ।

उनी २ वर्षको हुँदा उनका आमाबुबा इंग्ल्यान्ड गएका थिए । त्यहाँ काम पाएपछि उनीहरू इंग्ल्यान्डमै बस्दै आएका छन् । इमाले सेमिफाइनलमा ग्रीसकी मारिया साकारीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेकी हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0